१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन



म्याग्दी । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा गएरातिदेखि भारी मात्रामा हिमपात भइरहेको छ ।

अत्यधिक मात्रामा पर्यटकको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले पर्यटक बिरामी पर्ने तथा अलपत्र पर्ने जोखिम भएकाले गाउँपालिकासँगको समन्वयमा पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार हिमाली उद्धारकर्मीका रुपमा परिचित इन्द्रसिंह शेरचनसमेत सहभागी उक्त टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएका कारण पर्यटक भारी हिमपातका कारण समस्यामा पर्नसक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले उक्त अवधिमा अन्नपूर्ण आधार शिविर जान पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गाउँपालिकाले समेत सूचना जारी गरेर मौसम खराबीका कारण हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : २१ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र