२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्चबाट कारण देखाऊ आदेश जारी



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंहको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोज कुमार शर्मासहितको पाँच सदस्यीय संवैधानिक इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि अदालतले यो आदेश जारी गरेको हो ।

अदालतले विपक्षी पक्षहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । तर, अन्तरिम आदेश भने जारी गर्न अस्वीकार गरिएको छ ।

अदालतको आदेशमा भनिएको छ, “निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धी विषय रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा विचार गर्नुपर्ने प्रकृतिको भएकाले हालका लागि अन्तरिम आदेश जारी गरिरहनु आवश्यक देखिँदैन ।”

रिट निवेदकहरूले प्रधानमन्त्री कार्कीको नियुक्ति गैरसंवैधानिक रहेको र त्यसपछि गरिएको संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै सरकारलाई दीर्घकालीन निर्णयहरू नगर्न/नगराउन माग गरेका थिए ।

सर्वोच्चमा यस सम्बन्धमा दायर १६ वटा रिटमाथि बुधबार संयुक्त रूपमा सुनुवाइ गरिएको थियो । सुनुवाइका क्रममा केही कानुन व्यवसायीहरूले मुद्दा टुंगो लागेसम्म निर्वाचन बाहेकका अन्य निर्णयहरू रोक्नुपर्ने तर्क गरेका थिए भने केहीले निर्वाचनसहितका सबै कार्य रोक्न माग गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : १७ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा