१ भदौ २०८३, सोमबार | August 18, 2026

‘हिडन भ्याली’ मा फसेका १५ जना पर्यटकको उद्धार



म्याग्दी । धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’ मा फसेका तीन विदेशी पर्यटकसहित १५ जनाको आज सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका-४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायतका पर्यटकहरू फसेका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जोमसोमबाट गएका सुरक्षाकर्मी र हिडन भ्यालीबाट आएका पर्यटकहरू समुन्द्री सतहदेखि चार हजार ९०० मिटर उचाइमा रहेको बतासे डाँडामा भेटेर जोमसोम ल्याइएको जानकारी दिए ।

“पर्यटकलाई पदयात्रामा पठाएको कम्पनीले समस्यामा परेको भन्दै उद्धारका लागि अनुरोध गरेपछि बुधबार सुरक्षाकर्मीको टोली पठाएका थियौँ”, उनले भने, “पर्यटक, पथप्रर्दशक र पर्यटक मजदुरहरूको उद्धार गरिएको छ ।”

काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीमार्फत पदयात्रामा गएका बेलायतका पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मङ्गलबार साँझ सम्बन्धित कम्पनीमार्फत हेलिकप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए । मेरी रेप्स, क्याथोरिन विल्सन र इमिली कोट्स नाम गरेका बेलायतका महिला पर्यटक पदयात्रामा गएका थिए ।

पथप्रर्दशकले स्याटेलाइट फोनमार्फत उद्धारको अनुरोध गरेका प्रजिअ भुसालले बताए । जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त विष्टको नेतृत्वमा १५ जना तालिम प्राप्त सुरक्षाकर्मीलाई उद्धार कार्यमा परिचालन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : १४ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार