६ माघ २०८२, मंगलबार | January 20, 2026

शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा



काठमाडौं । मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ ।

यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ ।

शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा भएको छ ।

सप्तरीमा १५६, उदयपुरमा १०२, मनाङमा ११५, सुनसरीमा ८२, नुवाकोटमा ८९, लमजुङमा ८२ मिलिमिटर वर्षा भएको छ । राति भने पूर्वको कोशी प्रदेश र थोरै मधेस प्रदेश केन्द्रित वर्षा हुने विभागले जनाएको छ ।

यस्तै बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि वर्षा हुने छ । राति देखिनै विस्तारै बदलीमा सुधार हुँदै जाने पनि जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ३० बजे

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी