५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु, महाधिवेशनको कार्यतालिका प्रस्ताव हुने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक पुनः आरम्भ गर्ने निर्णय गरेको हो ।

बैठकमा संस्थापन र इतर दुवै पक्षले आगामी महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । सोमबारको कार्यसम्पादन समितिको बैठकमा दुवै पक्षबीच महाधिवेशनको मितिलाई लिएर प्रारम्भिक सहमति बनेको थियो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्तभित्र महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् भने संस्थापन पक्षले भने वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ ।

कांग्रेस स्रोतका अनुसार महामन्त्री थापाले आजको बैठकमा पुस मसान्तमा महाधिवेशन गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् । उता, संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै त्यसको औचित्य र तयारीबारे विवरण पेश गर्ने भएको छ ।

दुवै पक्षका प्रस्ताव र औचित्यमा छलफल गरेपछि महाधिवेशनको मिति र कार्यतालिका टुंग्याउने प्रक्रिया अघि बढाइने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ३४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र