४ श्रावण २०८३, सोमबार | July 20, 2026

दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै



गण्डकी । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही कात्तिक २४ गते बस्ने भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा उक्त दिन दिउँसो १ बस्ने गरी बैठक तय भएको प्रदेशसभा सचिवालयले आज सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि उक्त मन्त्रालयको सभाकक्षमा प्रदेशसभा बैठक सञ्चालन हुन लागेको हो । यसअघि गत असोज २२ गते सोही स्थानमा बैठक आह्वान गरिए पनि प्राविधिक तयारी नपुगेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।

पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि भदौ २५ गतेका लागि बोलाइएको बैठक ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरिएपछि बस्न सकेन ।

पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायत संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने जनाइएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ३६ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री