१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बसको ठक्करबाट भैरहवामा एक पुरुषको मृत्यु, चालक फरार



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ भैरहवामा बिहीबार बिहान बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीका अनुसार बिहान करिब साढे १० बजे मधेश प्रदेश ०३-००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुषलाई पछाडिबाट ठक्कर दिएको थियो ।

घाइतेलाई उद्धार गरी भैरहवास्थित भीम अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । मृतकको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन ।

दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ । भैरहवामा जन्ती बोकेर आएको सो बसलाई प्रहरीले नियन्त्रणमा लिएर चालकको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ३ : २० बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत