काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु हुँदै छ । बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक रणनीति तय गर्ने बताइएको छ ।
पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा देशभरका ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछ ।
बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्र (घोषणापत्र)को मस्यौदा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी प्रदेश सभापतिहरूले आफ्ना प्रदेशभित्रका जिल्लाहरूमा पार्टी संगठनको अवस्था र विस्तारबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।


















प्रतिक्रिया