१४ बैशाख २०८३, सोमबार | April 27, 2026

घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक



काठमाडौं । एकीकृत समाजवादीले पार्टी पुनर्गठन गर्दै घनश्याम भुसाललाई संयोजक तोकेको छ । यसअघि उनी पार्टीका महासचिवको भूमिकामा थिए ।

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरे पनि महासचिव भूसालले उक्त एकताप्रति असहमति जनाएका थिए ।

शनिबार भर्चुअल माध्यमबाट बसेको एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भुसाललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकले मंसिरको पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

यसअघि भुसालले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’) का महासचिवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : १९ बजे

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौं । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट । यहाँको काठेखोला गाउँपालिका-२ भिमपोखरा र वडा नं ४