२३ चैत्र २०८२, सोमबार | April 6, 2026

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता



काठमाडौं । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

सो आयोजानमा सिद्धार्थ बैंकले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत रु एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ ।

कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४० दशमलव ८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको तीन दशमलव आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ । पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १२ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै