३० असार २०८३, मंगलबार | July 15, 2026

प्रदेश प्रमुखबाट मधेशका जनताप्रति धोका भयो : पूर्वमुख्यमन्त्री सोनल



काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि मधेशका जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

सोनलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई सुटुक्क मुख्यमन्त्री पदमा नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश प्रमुखले जनमत र नैतिकता विपरीत कदम चालेको दाबी गरेका छन् ।

उनका अनुसार स्वास्थ्य उपचारका नाममा मधेशबाट निस्किएकी प्रदेश प्रमुखले सिन्धुली र महोत्तरीको सीमास्थित एक होटलमा बसेर मधेशको अस्मितालाई समाप्त पार्ने खेल खेलेकी हुन् ।

सोनलले फेसबुकमा लेखेका छन्, “मधेश प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्।”

यसअघि विश्वासको मत नपाएपछि सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ०९ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित