१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कोरोना कहर : दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा



संखुवासभा । कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ ।

भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष बिक्री वितरण ठप्प भएको छ । रुद्राक्ष खरिद गर्न चीन तथा भारतबाट संखुवासभा आउने व्यापारी कोरोना भाइरसका कारण रोकिएका छन् । रुद्राक्षको मुख्य कारोबार हुने साउनर भदौ महिनामा समेत लकडाउनका कारण कोरोबार ठप्प भएको व्यवसायीको भनाइ छ ।

रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरेका व्यवसायी यस बर्षभने आफ्नो करोडौंको लगानी डुब्ने होकि भन्ने चिन्तामा परेको व्यवसायी बताउँछन् । कोरोना भाइरस संक्रमण र लकडाउनका कारण चिनियाँ व्यापारी नेपाल आउन सम्भावना निकै कम भएको हो । रुद्राक्ष खरिद गर्न गत वर्ष ३ सय बढी चिनियाँ व्यापारी संखुवासभा आएका थिए । यस वर्ष कोरोना भाइरसका कारण १५ जना मात्र चिनियाँ व्यापारी संखुवासभा आइपुगेको व्यवसायी रुद्राक्ष व्यवसायी राजकुमार घिमिरेले बताए ।

चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न क्षेत्रका किसानका रुद्राक्ष बगान नै ठेक्का लिने गरेका छन् । कोरोना भाइरस संक्रमणका त्रासले अधिकांश चिनियाँ व्यापारी रुद्राक्ष टिप्ने सिजनमा आउन सकेका छैनन् । गत वर्ष आफ्नो टिमले २० करोड बराबरको रुद्राक्ष कारोबार गरेको भएपनि यस वर्ष १० देखि १२ करोड मात्र हुन सक्ने व्यवसायी घिमिरेले भनाइ छ ।

संखुवासभामा गत वर्ष २ अर्बभन्दा बढीको रुद्राक्ष कारोबार भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्र बहादुर बिसुन्केले जानकारी दिए ।

अध्यक्ष विसुन्केका अनुसार कोरोना भाइरसका कारण चिनियाँ र भारतीय व्यापारी संखुवासभा आउने सम्भावना कम हुँदा करोडौको लगानी डुब्ने भएको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : १६ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा