५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोना कहर : दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा



संखुवासभा । कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ ।

भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष बिक्री वितरण ठप्प भएको छ । रुद्राक्ष खरिद गर्न चीन तथा भारतबाट संखुवासभा आउने व्यापारी कोरोना भाइरसका कारण रोकिएका छन् । रुद्राक्षको मुख्य कारोबार हुने साउनर भदौ महिनामा समेत लकडाउनका कारण कोरोबार ठप्प भएको व्यवसायीको भनाइ छ ।

रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरेका व्यवसायी यस बर्षभने आफ्नो करोडौंको लगानी डुब्ने होकि भन्ने चिन्तामा परेको व्यवसायी बताउँछन् । कोरोना भाइरस संक्रमण र लकडाउनका कारण चिनियाँ व्यापारी नेपाल आउन सम्भावना निकै कम भएको हो । रुद्राक्ष खरिद गर्न गत वर्ष ३ सय बढी चिनियाँ व्यापारी संखुवासभा आएका थिए । यस वर्ष कोरोना भाइरसका कारण १५ जना मात्र चिनियाँ व्यापारी संखुवासभा आइपुगेको व्यवसायी रुद्राक्ष व्यवसायी राजकुमार घिमिरेले बताए ।

चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न क्षेत्रका किसानका रुद्राक्ष बगान नै ठेक्का लिने गरेका छन् । कोरोना भाइरस संक्रमणका त्रासले अधिकांश चिनियाँ व्यापारी रुद्राक्ष टिप्ने सिजनमा आउन सकेका छैनन् । गत वर्ष आफ्नो टिमले २० करोड बराबरको रुद्राक्ष कारोबार गरेको भएपनि यस वर्ष १० देखि १२ करोड मात्र हुन सक्ने व्यवसायी घिमिरेले भनाइ छ ।

संखुवासभामा गत वर्ष २ अर्बभन्दा बढीको रुद्राक्ष कारोबार भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्र बहादुर बिसुन्केले जानकारी दिए ।

अध्यक्ष विसुन्केका अनुसार कोरोना भाइरसका कारण चिनियाँ र भारतीय व्यापारी संखुवासभा आउने सम्भावना कम हुँदा करोडौको लगानी डुब्ने भएको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : १६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं