४ पुस २०८२, शुक्रबार | December 19, 2025

हुम्ला निर्वाचन कार्यालयद्वारा मतदान केन्द्रबारे छलफल



हुम्ला । जिल्ला निर्वाचन कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मनदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल गरेको छ । सोमबार हुम्ला निर्वाचन कार्यालद्वारा यहाँ आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका मतदान केन्द्रको अवस्थाबारे छलफल तथा समिक्षा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका सबै गाउँपालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सम्पूर्ण वडाका वडा सदस्यहरू, सरोकार भएका निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

बैठकमा वडा पालिकामा यही कात्तिक ३० गतेभित्र १८ वर्ष उमेर पुगेका नागरिकको मतदाता नामावली सङ्कलन गरी निर्वाचन कार्यालयमा बुझाउने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख भिमबहादुर रोकायाले जानकारी दिए । साथै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सहकार्य र समन्वय गर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ८ : ०२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा