५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् ।

आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन् ।

सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन् । उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका छन् ।

सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता कार्यकर्तालाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर फकाउन अनेक प्रयत्न गर्दै आइरहेका छन् । यस्तै उनले आफूइतर पक्षका नेताहरूलाई समेत आफू अनुकूलको भर्चुअल अन्तक्र्रियामा सहभागी गराउँदै महोल देखाइरहेका छन् ।

यसैगरी, सोही समूहबाट सभापतिका लागि तयारी अघि बढाएका हालका उपसभापति विमलेन्द्र निधिले समेत भेटघाट र सम्पर्क बढाएका छन् । उनले आफू संयोजक रहेको पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत भइरहेका अन्तक्र्रियामार्फत आफूलाई सक्रिय देखाइरहेका छन् । उनी संयोजक रहेको प्रतिष्ठानले आइतबार हुने भर्चुअल कार्यक्रममा पूर्वराष्टपति डा। रामवरण यादवलाई समेत सहभागी गराउँदै छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू पनि आफू पक्षीय तथा बाहेकका नेता कार्यकर्तालाई भर्चुअल कार्यक्रममार्फत जोडेर महाधिवेशनको माहोल बनाउन लागिपरेका छन् । सो समूहले सभापतिमा उठ्ने इच्छा देखाएदेखि उपसभापति निधिलाई समेत आफू अनुकूलको भर्चुअल कार्यक्रममा बोलाउन थालेको छ ।

सो समूहबाट महामन्त्री डा.शशांक कोइराले समेत आगामी महाधिवेशनमा सभापतिका लगि तयार रहेको सन्देश दिँदै आएका छन् ।

यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले समेत भर्चुअल कार्यक्रममार्फत नै समूहलाई सक्रिय भएको देखाउँदै आइरहेको छ । सो समूहले समेत उपसभापति निधिसहित नेताहरू डा. शेखर कोइराला, चित्रलेखा यादव, रमेश लेखक, प्रदीप गिरीलगायतलाई आफू पक्षीय भर्चुअल कार्यक्रममार्फत सहभागी गराउँदै आइरहेको छ ।

यसैगरी अर्का पूर्वमहामन्त्री प्रकाशमा सिंहले समेत सक्रियता बढाउँदै आइरहेका छन् । उनले समेत विभिन्न कार्यक्रममा आफू सभपतिका लागि तयारी गरिरहेको सन्देश दिँदै आएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : २६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं