३१ भदौ २०८३, बुधबार | September 16, 2026

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए



पर्सा । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फर्स्योट गर्न बाँकी छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले एक लाखको ऋण दिएर तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि नहटेको बताए । उनले अझै पनि वास्तविक मिटरब्याज पीडितले न्याय पाउन नसकेको बताए ।

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि एक लाख १० हजार ऋण लिएकोमा साहुकार जोगिन्दर राउत कुर्मीले तीन लाख ३० हजारको तमसुक बनाएको आरोप लगाए ।

पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ४८ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै