बुटवल । जे.भी. फाउन्डेसन लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्ला समितिको सपथग्रहण समारोह कार्तिक २५ गते सम्पन्न भएको छ । कार्यक्रममा फाउन्डेसनका केन्द्रीय अध्यक्ष वरिष्ठ समाजसेवी प्रा. डा. जगदीश वैद्य प्रमुख अतिथि रहेका थिए ।
सपथ ग्रहण कार्यक्रम जे.भी. फाउन्डेसन रुपन्देही जिल्ला समितिको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूले आ-आफ्नो पद तथा जिम्मेवारीको शपथ ग्रहण गरेका थिए ।
प्रमुख अतिथि प्रा. डा. वैद्यले नयाँ पदाधिकारीहरूलाई शुभकामना दिँदै समाजसेवा, ऐक्यबद्धता र राष्ट्रिय विकासका क्षेत्रमा फाउन्डेसनलाई अझ सशक्त रूपमा अघि बढाउन आग्रह गरे । उनले देशभरका शाखा तथा समितिहरूबीच सशक्त समन्वय गरेर समाज रूपान्तरणमा योगदान दिनुपर्ने बताए ।
कार्यक्रमको सञ्चालन रुपन्देही जिल्ला अध्यक्ष मधु रायमाझीले गरेका थिए ।
सो अवसरमा केन्द्रीय अध्यक्ष प्रा. डा. वैद्य, लुम्बिनी प्रदेश प्रमुख र उप-प्रमुख, साथै रुपन्देही जिल्ला प्रतिनिधिमण्डलले नवलपरासी (पूर्व) स्थित गजेन्द्र मोक्षय दिव्य धामको अवलोकन भ्रमण पनि गरेका थिए । भ्रमणको उद्देश्य धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्यटन प्रवर्द्धनमा फाउन्डेसनको योगदान सुदृढ पार्नु रहेको थियो ।
फाउन्डेसनको टोलीले त्यहाँको सरसफाइ, व्यवस्थापन र आगामी योजनाबारे स्थानीय समितिसँग समन्वयात्मक छलफल पनि गरेको थियो ।
यसअघि, फाउन्डेसनले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३ स्थित संस्कृत विद्या संन्यास आश्रम, भैरहवामा एक गाडी चामल, दाल र लत्ताकपडा हस्तान्तरण गरी समाजसेवाप्रतिको आफ्नो प्रतिबद्धता प्रकट गरेको थियो ।


















प्रतिक्रिया