४ पुस २०८२, शुक्रबार | December 19, 2025

जडीबुटीखेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण



कैलाली । वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटीखेती विस्तारका लागि निःशुल्क रुपमा बिरुवा वितरण गरेको छ । केन्द्रले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यावसायिक रुपमा जडीबुटीखेती गर्न चाहने सर्वसाधारण कृषक, सङ्घ, संस्थालाई औषधीजन्य प्रजातिका बिरुवा निःशुल्क रुपमा वितरण गरेको हो ।

केन्द्रले कुरिलो, सर्पगन्धा, शीतल चिनी, तेजपात, चिउरी, निम, बेल, मौवा, अश्वगन्धा, कामिनी, गुर्जो, इमिली, सतिसाल, अर्जुनलगायतका प्रजाति उत्पादन गरी वितरण गर्दै आएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताए ।

केन्द्रले २०७८/०७९ मा एक लाख, ०७९/८० मा एक लाख ३० हजार, ०८०/०८१ मा ५२ हजार र ०८१/०८२ मा ५३ हजार औषधीजन्य बिरुवा सुदूरपश्चिमभर वितरण गरेको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा प्राकृतिक वातावरणमा जडीबुटी पाउने स्थानको पहिचान गरी उक्त क्षेत्रमा समूह, सहकारी तथा इच्छुक व्यक्तिलाई जडीबुटीखेतीको दिगो व्यवस्थापनका लागि तालिम, दिगो सङ्कलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ र प्राविधिक सल्लाह दिँदै आएको वनस्पति कार्यालयले जनाएको छ ।

केन्द्रले जडीबुटीखेती विस्तारका लागि यहाँका समूह, सहकारीमा आबद्ध किसानलाई अनुदानसमेत दिँदै आएको छ । पछिल्लो केही वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट रिठ्ठा, तेजपात, काउलो, पाषाणभेद, अमला, झ्याउ, सुनाखरी, चुत्रो, सतुवा, कुटकी, सगन्धवाल, चिराइतो, सतावरी, सेतक चिनी, टिम्मुर, यार्सागुम्बा, जटामसी, बोझो स्वदेशी तथा विदेशी बजारमा गएको पाइएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाइने ५०२ प्रजातिका औषधीय गुण भएका वनस्पति प्रजातिहरुको अभिलेख तयार भएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ११ : ०० बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा