काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार मध्यराती पछि लागु हुनेगरि निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।
निगमले आज साँझ एक विज्ञप्ति प्रकाशित गर्दै साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको छ ।
निगमको पछिल्लो निर्णयसँगै अब पेट्रोलको मूल्य रु १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको छ । यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ ।



















प्रतिक्रिया