१ चैत्र २०८२, आइतबार | March 16, 2026

सिनेजगत्मा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रो : अभिनेता हमाल



सुर्खेत । नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो भएको बताएका छन् ।

फाइन प्रिन्टद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा नवराज केसीसँगको अन्तरङ्गमा महानायक उपनाम पाएका हमालले नायकनायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे । उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको जनाए ।

मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने जनाउँदै उनले भने, “भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायतका सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबै खाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ ।” आफ्नो पुस्तक युगदेखि युगसम्मले कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तरवस्तुलाई उल्लेख गरेको महानायक हमालले बताए ।

डा केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा उनीसँग अन्तसंवाद गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १० : ११ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन