१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फरार कैदीबन्दी पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदी पक्राउ गरेको छ ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराबाट फरार भएका धादिङ गजुरी-२ की गीता लामा र काठमाडौंका मङ्गलनारायण मोहन महर्जनलाई सोमबार पक्राउ गरिएको हो । लामा जिउ मास्ने बेच्ने मुद्दामा २२ वर्ष कैद सजाय कायम भई २०७६ मङ्सिर १९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल महिला बन्दीगृह सुन्धारामा कैद भुक्तान गरिरहेकी थिइन् ।

यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा एक वर्ष कैद र रु एक करोड आठ लाख ३९ हजार ७४७ बराबरको जरिवाना कायम भएका महर्जनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले लामालाई ललितपुर महानगरपालिका-३ धोवीघाटबाट र महर्जनलाई काठमाडौं धोवीचौरबाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ७ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा