२२ भदौ २०८३, सोमबार | September 7, 2026

पशुपति आर्यघाटमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ?



काठमाडौँ । पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला रु तपाईंलाई लाग्दो हो पालो पर्खन नपर्ला । तर शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषका कारण पछिल्ला केहीदिनयता कम्तीमा तीनदेखि चार घण्टासम्म शवदाहका लागि लाइनमा राख्नुपर्ने बाध्यता देखिएको छ ।

विद्युतीय गृहमा मङ्गलबार साँझ ६ः३० बजेसम्म करिब ११ शवदाह गरिएका कोषले जनाएको छ । “विदेशबाट शव ल्याउन तीन हप्ता लाग्यो, यहाँ चार घण्टा लाइन बस्दा के हुन्छ ? घाटको उचित व्यवस्थापन कहिले होला ?”, मृतकका एक आफन्तले पालो कुर्दै प्रश्न गरे । केही आफन्तजनले आफूहरूले शवदाहका लागि पाँच घण्टासम्म कुर्नुपरेको गुनासो गरेका छन् ।

कोषका निमित्त सदस्यसचिव शुभाषचन्द्र जोशीले भने, “विद्युतीय शवदाह गृहका उपकरणमध्ये एकमात्र सञ्चालनमा रहेकाले दाहसंस्कारका लागि लाइनमा बस्नुपर्ने बाध्यता आएको हो । बिग्रिएका विद्युतीय शवदाह उपकरण मर्मतका लागि कोषले केही प्रयास गरेको छैन ? भन्ने जिज्ञासामा उनले भने, “आशा गरौँ छिट्टै नतिजा आउँला ।”

केहीले आर्यघाटमा शवदाह गर्न निकै लामो लाइन कुर्नुपर्ने भएकाले आफूहरूले विद्युतीय शवदाह गृहमा शव ल्याएको बताएका छन् । पछिल्ला दिनमा विशेष गरेर विविध कारणले विदेशमा मृत्यु भएकाको विद्युतीय शवदाह गृहमा संस्कारदाह हुँदै आएको कोषले जनाएको छ ।

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार शुल्क तोकिएको छ । करिब रु ११ करोडको लागतमा बनेको विद्युतीय शवदाह गृह विसं २०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको हो । विद्युतीय शवदाह गृहमा एउटा शव जल्न कम्तीमा ४५ मिनेट लाग्ने जनाइएको छ ।

यसैबीच, विद्युतीय शवदाह गृह भवन र परिसरमा रहेका शौचालय सेवाग्राहीले प्रयोग गर्ने अवस्थामा छैनन् । नाक, मुख थुनेर शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको भनाइ छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : १८ बजे

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर