२१ चैत्र २०८२, शनिबार | April 4, 2026

महेन्द्र पुस्तकालयमा पुनः बलरामको नेतृत्व, पुस्तकालयलाई ‘इ–लाइब्रेरी’ बनाइने



नेपालगन्ज । यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ–लाइब्रेरी’का रुपमा रुपान्तरण हुने भएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताएका हुन् ।

अध्यक्ष यादवले प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गरे । हाल पुस्तकालयमा तीन वटा कम्प्युटर छन् । इ–लाइब्रेरी सञ्चालनका लागि रु छ लाख आवश्यक भएको बताए ।

यसैबीच, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री आदेशकुमार अग्रवालले आगामी वर्षदेखि पुस्तकालयलाई अनुदान उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि पुस्तकालयलाई नियमित रूपमा सहयोग गरिने बताएका छन् ।

शुक्रबार भएको पुस्तकालयको १८औँ अधिवेशनले यादवलाई पुनःअध्यक्ष चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा पङ्कज श्रेष्ठ र कोषाध्यक्ष अजयकुमार टण्डन पनि पुनः निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १२ : ५२ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा