५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रिसोर्टमा आउन थाले पाहुना



पोखरा । कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृति दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालनमा आयो ।

संक्रमण बढेसँगै बन्द रहेको रिसोर्टले बिहीबार खुलेकै दिनदेखि सानो आकारमा आन्तरिक पाहुनाको बुकिङ पाएको छ । तीन दिन अवधिमा रिसोर्ट पाहुनाविहीन हुनुपरेको छैन ।

कोरोना संक्रमणबीच पनि यो रिसोर्टले पाहुना पाउँदा व्यवस्थापन समालेका कर्मचारी दंग छन् । को हुन् त यो बेला रिसोर्टमा बस्न पुग्ने पाहुना रु रिसोर्टका सञ्चालन निर्देशक किरण तुलाधर भन्छन्, ‘स्थानीय (पोखरेली) पाहुना रिसोर्टमा बस्न आइपुगेका छन् ।

पोखराका चिकित्सक, व्यापारी अहिलेका हाम्रा पाहुना हुन् ।’ लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजिरहँदा रिसोर्टमा बस्न आइपुगेको तुलाधरले बताए ।

‘यो बेला पोखरा छाड्ने र अलि टाढाका होटलमा पुग्ने वातावरण बनिसकेको छैन । त्यही भएर नजिकै र शान्त रिसोर्टमा उनीहरू बस्न आएका छन्,’ उनले भने, ‘सुरुका दुई दिन पोखराका मात्र पाहुना थिए । तेस्रो रातका लागि काठमाडौंका पाहुनाले पनि बुकिङ गरेका छन् ।’ उनका अनुसार निजी सवारीसाधन भएका र अलि खर्च गर्न सक्ने क्षमता राख्ने पाहुना यो बेला पारिवारिक भ्रमणको रूपमा रिसोर्टमा बस्न आइपुगेका छन् ।

‘६ महिनासम्म घरबाहिर निस्कन नपाएर गुम्सिएका बालबच्चा र अभिभावक अहिले निजी सवारीसाधनमा एक रातका लागि भए पनि घरबाहिर जान खोजिरहेका छन् । उनीहरू यो बेलाका हाम्रा पाहुना हुन्,’ तुलाधरले भने, ‘होटलमा सतप्रतिशत अकुपेन्सी (पूर्ण क्षमतामा सञ्चालन) हुने त होइन । तर केही पाहुना रिसोर्टमा आइपुग्दा हामी चलायमान भएका छौं ।’

पोखरा सहरदेखि झन्डै ६ किलोमिटर टाढा निर्मलपोखरी जंगलछेउको यो रिसोर्ट सहरी कोलाहलबाट टाढा भएकोले पनि पाहुनाका लागि आकर्षक बनेको उनले बताए । ‘हामीले अरू बेला बरु स्थानीय पाहुना पाउँदैनथ्यौं ।

तर यसपटक स्थानीय पाहुनाको सोधखोज आइरहेको छ,’ उनले भने । ६४ कोठाको यो रिसोर्टले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पूरा गरेकाले पनि पाहुना ढुक्क हुन सकेको उनले बताए । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ३९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं