४ चैत्र २०८२, बुधबार | March 18, 2026

“‘ब्रेकअप’पछिको प्रेमी मधुशालामा बसेर रोएजस्तै छ ओलीको रूवाई” : रक्षा बम



काठमाडौं । जेनजी अभियन्ता रक्षाबमले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले राज्यविहीनताको अवस्थामा समेत आफुहरुले लोकतन्त्र र संविधान भनिरहेको उल्लेख गरेकी छन् ।

बमले वर्तमान सरकारलाई जेनजी आन्दोलनले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानविन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकासको म्यान्डेट दिएको बताएकी छन् । ‘राज्यविहीनताको अवस्थामा समेत हामीले लोकतन्त्र भनिरह्यौ । संविधान भनिरह्यौ । र त्यसपछी बनेको नागरिक सरकारलाई हामीले प्रष्टसँग आन्दोलनको म्यान्डेट दिएका छौं,’ उनले लेखेकी छन्, ‘हाम्रो म्यान्डेटले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानविन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकास भनेर स्पष्ट रूपले भनेकै छ ।’

उनले ‘चुनाव हुन दिन्नौ’ १! – यो कसले किन भनिरहेको छ ? भन्ने प्रश्न गर्दै उनले लेखेकी छन्, ‘कुन घमन्ड र शानका साथ भनिरहेको छ ? यसो भन्न उनीहरूलाई कसले हिम्मत दिलाईरहेको छ ? चुनाव हुन दिन्नौ भनिरहेकाहरूको संविधान बारे के धारणा छ ?’

तात्कालिन सरकारको तानाशाहीपन जोगाउन भदौ २३ मा सरकार निरकुंश बनेको जनाउँदै बमले लोकतन्त्रमाथि र संविधानमाथि त्यही बेला पनि हमला गर्न खोजिएको उल्लेख गरेकी छन् ।

उनले जनताले गरेको प्रतिक्रिया सहन नसकेर एमाले अध्यक्ष केपी ओलीले गुण्डुमा संसद पुनस्थापनाको एकोहोरो सुगा रटाई गरिरहेको पनि आरोप लगाएकी छन् । ‘उसो त भदौ २३ अगाडीसम्म तानाशाही निरंकुशता देखाईरहेका केपी ओली पनि त सत्तासँगको ‘ब्रेकअप’ पछि, जनताले गरेको प्रतिक्रिया सहन नसकेर गुण्डुमा संसद पुनस्थापनाको एकोहोरो सुगा रटाई बम्किरहेकै छन्,’ उनले अगाडी लेखेकी छन्, ‘ब्रेकअपपछिको प्रेमी मधुशालामा बसेर रोएजस्तै छ उनको रूवाई । एकातिर ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ वाला रून्चे आक्रोश छदैछ तर अर्कोतिर एमालेले अर्को भाग पाईहालिन्छ कि भनेर दल दर्ता गराएको छ ।’

उनले लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत गर्नुपर्ने पनि जनाएकी छन् । जेनजी अगुवा बमले संक्रमणकालीन अवस्थालाई झन अप्ठेरोमा पार्दै लोकतन्त्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहनेहरु सबै यतिखेर चुनावको बिपक्षमा रहेको जनाउँदै अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेको उल्लेख गरेकी छन् ।

‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ भन्ने ओलीहरू र ‘हामी चुनाव दिन्नौु’ भन्ने जेनजी साथीहरू तपाईहरूलाई स्पष्ट होस, हामी त लोकतन्त्र चाहन्छौ। लोकतान्त्रिक निकास चाहन्छौ । र देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौ ।’ उनले लेखेकी छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।