२० मंसिर २०८२, शनिबार | December 6, 2025

विदेशमा बस्ने चिकित्सकहरु भन्छन् – जहाँ भएपनि नेपाल र नेपालीको सेवामा खटिएका छौँ



लण्डन । गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आयोजना गरिएको ‘रेजनल हेल्थ टिम एण्ड देअर रोल्स’ विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरुले आफ्नो अनुभव साझा गरेका छन् ।

उक्त कार्यक्रममार्फत डाक्टरहरुले आफू विश्वका जुनसुकै मुलुकमा रहेता पनि नेपाल तथा नेपालीहरुका लागि सक्दो सहयोग पुर्याएको बताएका छन् ।

कार्यक्रममा बोल्दै डा. बोधा सुवेदी (युरोप हेल्थ टिम) ले युरोपमा सिकेको सीप तथा ज्ञानको प्रयोग नेपालमा कसरी गर्ने भनेर युरोपमा हेल्थ टिम गठन गरिएको बताए ।

‘हामीले युरोपमा भएका विभिन्न स्वास्थ्यकर्मीहरुलाई समेटेर अगाडी बढेका छौँ । यहाँ सिकेका ज्ञानलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले स्वास्थ्य टिम गठन गरेका थियौँ’ उनले भने ।

फेशबुक, जुम लगायत माध्यमबाट पनि संसारभरका नेपालीहरुलाई आफूहरुले सक्दो सहयोग पुर्याएको तथा सचेतनाका कार्यक्रमहरु उजागर गरेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम) ले मध्यपूर्वका मुलुकहरु साउदी, कतार, युएई, कुवेत लगायत मुलुकमा नेपाली स्वास्थ्यकर्मीहरुको संख्या एकदमै कम रहेको बताए । यी मुलुकहरुमा नेपालीको संख्या बढी भएको तर स्वास्थ्यकर्मीहरुको संख्या कम हुनु दुःखद् भएको उनको भनाइ थियो ।

अर्यालले खाडीमा रहेका अधिकांश नेपाली श्रमिकहरुमा चेतनाको अभाव हुँदा पनि कोरोना नबुझ्ने हुँदा डराउने, आत्तिने समस्या भएको उल्लेख गरे ।
आफूले सक्दो रुपमा नेपालीहरुलाई सचेतना तथा परामर्शका कार्यक्रमहरु गरेको जानकारी दिए । ।

त्यसैगरी डा. एलिनी पोख्रेल (पोल्याण्ड) ले समयमा नै एनआरएनएको उच्चस्तरीय समितिको निर्देशनअनुसार आफूसहित युरोपमा रहेका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरससँग लड्न र नेपालीहरुलाई सहयोग गर्न उल्लेख्य भूमिका खेलेको बताइन ।

उक्त भर्चुअल कार्यक्रममा डा. सरिता भट्टराई (अफ्रिकन हेल्थ टिम), डा. बोधा सुवेदी (युरोप हेल्थ टिम), डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम), डा. भुपेश खड्का (अमेरिका), डा. रमेश खोजु (युके), डा. भुपेन्द्र बस्नेत, डा. पुनम पन्त (अस्ट्रेलिया), डा. एलिनी पोख्रेल (पोल्याण), डा सुनिल शाह (युके) लगायतले आफ्नो धारणा राखेका थिए ।

अधिकांशले आफू विश्वका जुनसुकै मुलुकमा भए पनि नेपाल र नेपालीहरुलाई साथ र सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाबाट एनएमडिएकी प्रतिनिधि पुनम पन्तले समेत आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रमको संयोजन स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटा र डा। कुश श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  २ : १३ बजे

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले