२८ असार २०८३, आइतबार | July 12, 2026

सम्झौताअनुसार कोशी अस्पतालको भवन निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन



विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिएका छन् ।

सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

बिरामीको चापलाई दृष्टिगत गरी निर्माण प्रक्रिया सुरु भएको सो अस्पतालको नयाँ भवन बनाउने काम ढिलो भएको भन्ने प्राप्त गुनासोलाई सम्बोधन गर्नेक्रममा उनले अस्पताल प्रशासन र निर्माण व्यवसायीलाई काम छिटो सक्न निर्देशन दिए ।

अस्पतालाका लागि निर्माणाधीन अवस्थामा रहेको रु दुई अर्ब ४५ करोड लागतको ११ तले भवनको ३५ प्रतिशत र रु ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत मात्र काम सम्पन्न भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएको छ ।

निर्माण व्यवसायी केसी एवं रमण कन्स्ट्रक्सनले करिब चार वर्षअघि निर्माण सुरु गरेको उक्त भवन काम सम्पन्न गरी यसैवर्ष हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सो अवसरमा कोशी अस्पतालका प्रमुख डा रुणा झा र सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका डिभिजनल इञ्जिनियर सुरेन्द्र साहले मन्त्री घिसिङलाई अस्पतालको वस्तुस्थिति र भवन निर्माणसम्बन्धी जानकारी गराएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : ०१ बजे

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको