२० मंसिर २०८२, शनिबार | December 6, 2025

गुल्मीको रिडी बजार १ साताका लागि शिल, पैदल यात्रामा समेत प्रतिबन्ध



गुल्मी । गुल्मीको रुरु गाँउपालिका रिडि बजार क्षेत्रमा समुदाय तहमा कोरोना संक्रमण देखिन थाले पछि रुरु गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शिल गर्ने निर्णय गरेको छ । बजार क्षेत्रमा एकपछि अर्को ब्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि बजार क्षेत्रलाई शिल गरिएको हो ।

कोरोना संक्रमणबाट रिडिको पुलपारी तानसेन नगरपालिका(१४ कुसेनीकी एक जना महिलाको मृत्यु भईसकेको छ भने उनको परिवारका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गरि सोमबार नै रिडि बजारका ७५ वर्षिय एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीमा कोरोना संक्रमणको लक्षण सहित स्वास्थ्य समस्या देखिए पछि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको हेल्थ सेण्टर रिडीले जनाएको छ ।

स्थिती नियन्त्रण बाहिर जाने देखिए पछि रुरु गाँउपालिका अन्तर्गत रिडी बजार क्षेत्रलाई मंगलबार बिहान ४ बजेबाट १ साताका लागि शिल गरिएको रुरु गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले जानकारी दिए । निषेधित अवस्थामा सरकारले ताकेका अत्यावश्यक सेवा बाहेक पैदल हिंडन समेत प्रतिबन्ध गरिएको उनले बताए । रिडी हुँदै तम्घास, अर्घाखाँची र रुद्रबेनी जाने सडक भने सुचारु हुने उनले बताए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ९ : ३५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय