७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ । मापदण्डभन्दा कम चौडाइ भएको कल्भर्टको पर्खाल आज अनुगमन टोलीले भत्काएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडास्थित खोल्सामा निर्माणाधीन कल्भर्टको पर्खालको चौडाइ ६० सेन्टिमिटर हुनुपर्नेमा ४९ सेन्टिमिटर बनाएको भेटिएपछि भत्काएको अनुगमन टोलीले जनाएको छ ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, पूर्वाधार विकास कार्यालयका प्रमुख डा महेन्द्र बानियाँसहितको टोलीले मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो ।

“मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काउन पूर्वाधार विकास कार्यालयका प्राविधिकले दिएको निर्देशन मजदुरले नमानेपछि म आफैँ भत्काउन सुरु गर्नुपरेको थियो”, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भने, “सडकको पर्खालमा गुणस्तरीय मसला (सिमेन्ट र बालुवाको अनुपात मिलाएर) प्रयोग गर्न र ‘फिनिसिङ’ राम्रो बनाउन निर्देशन दिएका छौँ ।”

बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको योजनामार्फत ३०० मिटर ढलान र एक हजार ७०० मिटर ग्राभेलसहित स्तरोन्नति गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख डा बानियाँले बताए ।

टोलीले बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ को किराखोरदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने चार किलोमिटर सडक स्तरोन्नति योजनाको पनि अनुगमन गरेको छ । किराखोर–नेप्टेचौर खण्डमा भइरहेको प्रिमिक्स कालोपत्र गर्ने कामको अनुगमन गरेको टोलीले उक्त योजनामा सन्तोषजनक काम भएको जनाएको छ ।

आगामी असार महिनासम्म ठेक्काको म्याद रहेको उक्त योजनाको ६९ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताए । निर्धारित समयभित्रनै योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरेको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ८ : ४१ बजे

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ