२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

स्याङ्जाबाट बुटवल जाँदै गरेको गाडीबाट ६० क्वीन्टल युरिया मल बरामद



पाल्पा । स्याङ्जाबाट बुटवल तर्फ लैजाँदै गरेको साठी क्वीन्टल अवैध युरिया मल प्रहरीले बरामद गरेको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लुप्र ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गर्दा ६० क्वीन्टल मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए ।

उनले भने, “विना विल बिजक मल ल्याइएको छ । जहाँ कृषक युरिया वितरक कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाडौँ लेखिएको छ ।” नियन्त्रणमा लिएको अवैध मल, ट्रक र ट्रक चालकसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको प्रहरी निरीक्षक ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ०० बजे

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित