२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशन बुटवलमा आज हुँदै



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज (शनिबार) बुटवलमा हुँदैछ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष दिपु मगरले जानकारी दिए ।

उनका अनुसार प्रदेशभरबाट आएका १६५ प्रतिनिधि तथा विभिन्न अतिथिसहित करिब ३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहनेछ । अधिवेशनमा पाँच विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गर्ने तयारी भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवम् चर्चित कलाकार चन्द्र शर्मा, गायक बद्री पंगेनी, उपाध्यक्ष सुवास केसी, सचिव दिपक गरौजा, सहसचिव सीता रानालगायतको उपस्थित रहने जनाइएको छ । अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेशका शहरी विकासमन्त्री सरोज थापाले गर्ने कार्यक्रम छ ।

अध्यक्ष मगरका अनुसार वर्तमान समितिले तीन वर्षको अवधिमा उल्लेख्य काम सम्पन्न गरेको छ । कलाकारहरूको हितका लागि एक लाख रुपैयाँ बराबरको हित कोष स्थापना गरेर सुरुवात गरिएपछि त्यसलाई आर्थिक रूपमा सशक्त बनाउँदै हालसम्म चार लाख रुपैयाँभन्दा बढीको कोष निर्माण गरिएको छ । साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्ने तथा रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी लोक संग्रहालयको स्तरोन्नती गर्ने जस्ता कार्यहरू सम्पन्न भएको जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ८ : ०९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय