२२ मंसिर २०८२, सोमबार | December 9, 2025

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’



काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी काम गर्न नसक्ने बताएका छन् ।

नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले ‘ब्राण्ड एम्बेसडर’का रूपमा रहेका ‘क्याविन क्रु’को व्यवहारले संस्थाको साख पनि प्रदर्शन हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले परिचारिकाको हकहितका सवालमा सक्दो सहयोग गर्ने बताए । उनले परिचारिकाको व्यवहारले नै विमान सेवाको प्रतिष्ठा प्रदर्शन हुने उल्लेख गर्दै मन्त्रालयले कर्मचारीको हितका साथै उड्डयन क्षेत्रमा सुधारका काम थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निगमका महानिर्देशक अमृतमान श्रेष्ठले संस्थाभित्रका समस्यालाई लिएर आरोप प्रत्यारोपमा लाग्नुभन्दा सबै मिलेर समाधानमा लाग्नुपर्नेमा जोड दिए । उनले उडान सेवामा महत्त्वपूर्ण भूमिका भएका परिचारिकाको अवकास उमेर हदको माग सम्बोधन गर्न निगमले गृहकार्य गरिरहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा लिली थापाले महिला परिचारिकाका समस्या र चुनौतीबारे कमै मात्र बहस हुने गरेको बताउँदै यो मुद्दा परिचारिका वा व्यवस्थापनको मात्र नभई आमनागरिकको भएको उल्लेख गरिन् । उनले परिचारिकाको काम चुनौतीपूर्ण दिनरात खटिने काम भएकाले उनीहरू माग र गुनासा सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

माइती नेपालका संस्थापक एवं अभियन्ता अनुराधा कोइरालाले नेपालका परिचारिकाको व्यवहार तुलनात्मक निकै राम्रो रहेको बताउँदै उनीहरूको हितका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गराइन् । उनले समाजमा विभिन्न किसिमका लैङ्गिक विभेद रहेको भन्दै यस्ता विभेदविरुद्ध सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्नेमा समेत जोड दिइन् ।

एसोसिएसनका अध्यक्ष प्रजिता कार्कीले हवाई सेवा सुधार, निगमको विकास र सुधारमा क्याविन क्रुको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको व्यापक सुधार, विकास र विस्तार हुनु जरुरी रहेको भन्दै उनले ‘ब्राण्ड एम्बेसडर’का रूपमा रहेका ‘क्याविन क्रु’ स्वयम्ले भने विभिन्न असमानता र भेदभाव भोग्नु परिरहेको गुनासो गरिन् ।

अध्यक्ष कार्कीले ‘क्याविन क्रु’माथि वर्षौंदेखि हेरिँदै आएको सोच र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिइन् । अधिवक्ता अनन्तराज लुइँटेलले निगमका परिचारिकाको अवकासको विभेदसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा रहेको बताउँदै मागअनुसार न्याय हुने विश्वास व्यक्त गरे । उनले श्रम ऐन २०७४ आएपछि कुनै पनि संस्थानमा कर्मचारीबीच देखिने विभेदसम्बन्धी मुद्दा लिएर अदालत जान पाइने व्यवस्था गरेकाले परिचारिकाको सवालमा पनि त्यसैको उपयोग गरिएको धारणा राखे ।

उद्घाट्न समारोहपछि भएको समूहगत छलफलमा निगमका क्याप्टेन भोगेन्द्र कठायत, निगमका पहिलो परिचारिका लक्कीमनि शाही, निगमका ‘इनफ्लाइट सुपरभाइजर’ प्रदा कार्की, ‘एयर ट्राफिक कन्ट्रोलर’ हिना झा र ‘एरोस्पेस इन्जिनियर’ सुनिरा रेग्मीले उड्डयन क्षेत्रमा भए गरेका काम, समस्या र चुनौतीबारे आआफ्ना अनुभव आदानप्रदान गरेका थिए । समूहगत छलफलको संयोजन वरिष्ठ पत्रकार बबिता बस्नेतले गरेकी थिइन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : १४ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट