२२ भदौ २०८३, सोमबार | September 7, 2026

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी



बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार दुवैको मुद्दा आजको पेसीमा छलफलका लागि प्रस्तुत हुनेछ । यसअघि लामिछाने पक्षका कानुन व्यवसायीले दुई पटक मितिमिति परिवर्तनको अनुरोध गरेपछि बहस स्थगित भएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नता आरोपमा रवि लामिछाने र छविलाल जोशी दुवै पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत रुपन्देहीले लामिछानेले बिगो रकम दाखिला गरे पनि साउन २६ गते जमानत अनुमति नदिई थुनामै राख्ने निर्णय गरेको थियो ।

जिल्ला अदालतको सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन दिएका थिए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ ।
लामिछानेले सो रकमको चौथाइ भाग अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत प्रमाण पेस गरेका थिए । जोशीले पनि सोही अनुपातको जमानत दस्तुर अदालतमा पेश गरेका छन् ।

आजको सुनुवाइले दुवै प्रतिवादीको थुनछेकबारे महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ११ : ०४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा