२७ श्रावण २०८३, बुधबार | August 12, 2026

खेलकुदको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकुदको विकास र संरक्षणको लागि प्रदेश सरकारले खेल आवद्ध संघ संस्थाहरुसगै मिलेर काम गर्ने र खेलकुदको विकासको लागि प्रतिवद्ध रहेको बताएका छन ।

मुख्यमन्त्री पोखरेलले युवाहरुको चाहाना र राष्ट्रको पहिचानका लागि खेलको विकास जरुरी रहेको बताउदै त्यसमा प्रदेश सरकार सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरसहितको प्रतिनिधिमण्डलसंगको भेटमा मुख्यमन्त्री पोखरेलले सो प्रतिवद्धता व्यक्त गरेको हो । उनले खेलकुदको विकासका लागि पूर्वाधार क्षेत्रको विकासमा ध्यान दिनु जरुरी रहेको बताउदै यस प्रदेशमा हाप्किडो खेलसहित सबै खेलको विकास र संरक्षणका लागि सहकार्यमा जोड दिए ।

मुख्यमन्त्री पोखरेलले कोरोनाका कारण वर्तमान असहज अवस्थामा खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गर्न कठिनाई भएको कुरामा आफु जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा परिश्थिती अनुसार सुस्तसुस्त खेलका गतिविधिहरु अगाडी बढाउन आग्रह गरे ।

उनले प्रदेश सरकारले यस क्षेत्रमा खेल मैदानको निमार्णमा विषेश ध्यान दिएको र त्यसमा रकमको कमी हुन नदिने प्रयास गरेको जानकारी गराउदै खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपले विगारेको गुनासो धेरै रहेको हुदा त्यसमा सचेत भएर खेल र खेलाडीको संरक्षणमा लाग्न सुझाव पनि दिएका थिए ।

सो अवसरमा नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले नेपालमा हप्किडो मार्शल आर्ट खेल भर्खर मात्र खेलिन थालिएको र मान्यता प्राप्त गरेको खेल भएका कारण यसको विकास गरेर लैजान बढी महेनत गर्नु परेको बताए ।

अध्यक्ष धर्तीले हाप्किडो संघको पहलमा केन्द्र तथा प्रदेशस्तरिय सेमिनार एंव प्रतियोगिता गर्दै आएको अवस्थामा कोरोनाका कारण पछिल्लो ६ महिना कुनै औपचारिक गतिविधि गर्न नपाउदा खेलको विकासमा बाधा उत्पन्न भएको गुनासो गरे ।

उनले नेपाल मार्सल आर्टस हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा २०७६ चैतमा प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा कोरोनाका कारण स्थगित गर्नु परेको जानकारी गराउदै त्यसलाई अनुकुल समयमा छिटै आयोजना गर्ने सोंच बनाएको हुदा प्रदेश सरकारकातर्फबाट आवश्यक सहयोगका लागि मुख्यमन्त्रीसंग आग्रह गरेका थिए । सो प्रस्तावमा मुख्यमन्त्री सकारात्मक रहेका अध्यक्ष घर्तीले बताए ।

संघले चैतको २४, २५ र २६ गते राष्ट्रिय स्तरको प्रतियोगिता बुटवलमा गर्न लागेको घोषणा गरेको थियो । प्रतियोगितामा महिला र पुरुष तर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने र करिव ५ सय खेलाडी सहभागी हुने अनुमान थियो । तर कोरोनाका कारण अन्तिम समयमा प्रतियोगिता स्थगित गर्नु परेको थियो । संघले रोल्पामा शहीद स्मृति मार्सल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय च्याप्यिनसिप तथा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार गरेको केन्द्रीय महासचिव सम्भव बीसीले जानकारी दिए ।

उक्त अवसरमा संघका केन्द्रीय अध्यक्ष घर्तीले मुख्यमन्त्री पोखरेललाई संघले प्रकाशन गरेको हप्किडो म्याग्जीन हस्तान्तरण गर्नु भएको थियो । सो म्याग्जीनमा संघले आयोजना गरेका प्रतियोगिता र अन्य गतिविधिहरु समावेश गरिएको छ ।

संघले सो म्याग्जीन प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती तथा समाजिक विकास मन्त्री सुर्दशन वराललाई छुट्टाछुटै भेटगरी हस्तान्तरण गरेको थियो । सो अवसरमा पनि हप्किडो खेलको विकासका लागि सहयोगको आग्रह गरिएको थियो ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ४३ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र