२२ असार २०८३, सोमबार | July 6, 2026

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’



काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य रहेको तर आत्मसमर्पण गर्न आफूहरू तयार नभएको स्पष्ट पारेका छन्।

एमालेको एघारौँ महाधिवेशनपछि शनिबार आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। अध्यक्ष ओलीले आफू नै एमाले भएको जस्तो अर्थ लाग्ने अभिव्यक्ति दिनु उपयुक्त नभएको उनको टिप्पणी थियो।

अध्यक्ष ओलीप्रति प्रश्न उठाउँदै पोखरेलले भने, “म जे बोल्छु, त्यहीँ एमाले हो भन्ने कुरा सुन्दा नै आङ सिरिङ हुन्छ। म नभए एमाले नै हुँदैन भन्ने भनाइ कसरी सही हुन सक्छरु”

उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु आजको आवश्यकता भएको बताए। “हामी विभाजनलाई अस्वीकार गर्छौं, तर आत्मसमर्पण स्वीकार्य छैन,” पोखरेलले स्पष्ट गरे।

नेतृत्वले आफ्ना कमजोरी स्वीकार नगरे कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने चेतावनी पनि उनले दिए। “आफ्ना कमजोरी आत्मसमीक्षा नगरे कम्युनिस्ट पार्टी नै सकिन्छ,” उनको भनाइ थियो।

पोखरेलले पार्टीभित्र विचार र विधिको संघर्ष अझै जारी रहेको बताए। एघारौँ महाधिवेशनमा आफूले गरेको प्रतिस्पर्धालाई संकेत गर्दै उनले भने, “यो सुरुवात मात्र हो। अब यो प्रक्रिया निरन्तर अघि बढ्छ। विचार र विधिको लडाइँ जारी नै रहनेछ।”

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : ५३ बजे

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका