११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा



काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान हुँदैछ । सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेकाले प्रदेशसभाबाट निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो ।

मधेस प्रदेशको सभामुखका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशीष यादव र नेकपा ९एमाले०का त्रिलोकी प्रसाद उम्मेदवार रहेका छन् । यादव सत्तारुढ सात दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

जसपा नेपालका प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा (माओवादी केन्द्र)का फकिरा महतो समर्थक रहेका छन् । उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

त्यसैगरी, एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा प्रदेशसभा सदस्य शारदादेवी थापा र समर्थकमा जयचन्द्रप्रसाद पटेल रहेका छन् । उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आइतबार हुने मतदानबाट मधेस प्रदेशले नयाँ सभामुख पाउनेछ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : ०३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि