२७ श्रावण २०८३, बुधबार | August 12, 2026

खर्च धेरै भइरहेको छ ? आजको दिन बुधग्रहको पूजा गर्नुहोस



बुधबार भन्ने वित्तिकै बुध ग्रहको दिन, यसदिन भगवान गणेशको पनि पूजा अर्चना गर्ने गरिन्छ । आज बुधबार हो ।

धर्मशास्त्रका अनुसार बुधबार बुध ग्रहलाई पुज्दा विभिन्न समस्याबाट समाधान तथा राहत मिल्ने गर्छ । बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पनि यसदिन पूजा अर्चना गर्दा फाइदा पुग्छ ।

बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभव आदिका सम्बन्ध बुधसँग छ । बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो ।

बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि ।

यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

किनकी तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ-साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ । यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ ।

यी काम गर्नुहोस

१) बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पूजा-आजा गर्नुपर्छ ।

२) धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउनुहोस ।

३) समलिंगीको सेवा गर्नुहोस ।

४) बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न बुधवार गणेशको पूजा गर्नुहोस ।

५) नौ बर्षभन्दा कम उमेरको कन्याको खुट्टा धोएर उनलाई प्रणाम गरेर आशीर्वाद लिनुहोस ।

६) बुधवार व्रत बस्नुहोस ।

७) हरियो चना भिजाएर चरा-चुरंगीलाई खुवाउँनुहोस ।

८) बुधबारको दिन हरियो घाँसपात बस्तु-भाउलाई खुवाउँनुहोस ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ३५ बजे

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत-राहुघाट प्रसारण लाइन

धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा । यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय

विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।