८ पुस २०८२, मंगलबार | December 23, 2025

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म



काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो १२ बजेसम्मका लागि तोकेको छ।

यसअघि मंसिर मसान्तभित्र सदस्यता प्रक्रिया सम्पन्न गर्ने भनिए पनि समयमै काम नसकिएपछि अवधि थप गर्ने सहमति भएको हो।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि दिउँसो १२ बजे क्रियाशील सदस्यता वितरण प्रणाली लक गर्ने निर्णय गरेको छ। समितिका सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण भने पुस १० गतेसम्म गरिनेछ।

नवीकरण तथा नयाँ वितरणको सम्पूर्ण काम टुङ्ग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने उनले जानकारी दिए। नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ०५ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस