२१ असार २०८३, आइतबार | July 5, 2026

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा



नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका अन्र्गतका विद्यालयहरुमा बिदा दिने सूचना जारी गरेको छ ।

सोमबारदेखि चलेको शीतलहरसँगै अत्याधिक चिसो बढेपछि पालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिइएको खजुरा गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । चिसोका कारण विद्यार्थीहरुलाई आवतजावत गर्न कठिनाई हुनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको भन्दै पुस ९ गतेबाट ११ गतेसम्म पठनपाठन कार्य स्थगित गर्न पालिकाले आग्रह गरेको छ । सूचनामा प्रशासनिक कार्य भने बन्द नगरि यथावत संचालन गर्न पालिकाको सूचनामा उल्लेख छ ।

उता नेपालगन्ज उपमहानगरपालिकाले पनि ९ गतेदेखि १४ गते सम्म उपमहानगर अन्तर्गतका विद्यालयहरुमा सार्वजनिक विदा दिएको छ । ८औ विद्यालय स्तरिय रनिङशिल्ड तथा राष्ट्रपति कप छनौट प्रतियोगिता संचालन हुने र शीतलहर सहितको चिसो एक साथ परेको भन्दै पुस ११ देखि १४ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको उपमहानगरबाट जारी सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : १६ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल