नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका अन्र्गतका विद्यालयहरुमा बिदा दिने सूचना जारी गरेको छ ।
सोमबारदेखि चलेको शीतलहरसँगै अत्याधिक चिसो बढेपछि पालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिइएको खजुरा गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । चिसोका कारण विद्यार्थीहरुलाई आवतजावत गर्न कठिनाई हुनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको भन्दै पुस ९ गतेबाट ११ गतेसम्म पठनपाठन कार्य स्थगित गर्न पालिकाले आग्रह गरेको छ । सूचनामा प्रशासनिक कार्य भने बन्द नगरि यथावत संचालन गर्न पालिकाको सूचनामा उल्लेख छ ।
उता नेपालगन्ज उपमहानगरपालिकाले पनि ९ गतेदेखि १४ गते सम्म उपमहानगर अन्तर्गतका विद्यालयहरुमा सार्वजनिक विदा दिएको छ । ८औ विद्यालय स्तरिय रनिङशिल्ड तथा राष्ट्रपति कप छनौट प्रतियोगिता संचालन हुने र शीतलहर सहितको चिसो एक साथ परेको भन्दै पुस ११ देखि १४ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको उपमहानगरबाट जारी सूचनामा जनाइएको छ ।



















प्रतिक्रिया