१४ पुस २०८२, सोमबार | December 29, 2025

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने



बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा निःशुल्क च्याउका परिकार प्रदान गर्ने भएको छ ।

राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवल तिनकुने पानी टैंक अगाडीको स्थानमा च्याउका विभिन्न परिकार निःशुल्क रुपमा पस्किने, सर्वसाधारणहरुलाई च्याउका परिकारको स्वाद चखाउने गरी कार्यक्रम आयोजना गरिएको च्याउ उत्पादक किसान संघ केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका ईन्चार्ज कृष्णराज पोखरेलले जानकारी दिए ।

पुस १५ गते मंगलबार दिउँसो १२ बजेदेखि कार्यक्रम सुरुवात गरिने जसमा सहभागीताका लागि सर्वसाधारण र स्वादका पारखीहरुलाई निम्ता गरिएको ईन्चार्ज पोखरेलले जानकारी दिए ।

निःशुल्क रुपमा किसानबाट उत्पादन भएका विभिन्न च्याउका विशेष परिकारहरुको स्वादमा खुवाउने तयारी गरिएको च्याउ उत्पादक किसान संघले जनाएको छ ।

संघका प्रदेश अध्यक्ष राजन पौडेलका अनुसार किसानले स्वत स्फुर्त रुपमा आफुले उत्पादन गरेको च्याउका निःशुल्क परिकार बनाएर स्वाद उत्सवको रुपमा राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ०७ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते