१४ भदौ २०८३, आइतबार | August 30, 2026

गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको पैचो पसलले मनायो ११औं वार्षिकोत्सव



गुल्मी। ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको साथ ग्रामिण कृषि उपजलाई बिक्रि बितरण गरिरहेको पैचो पसलले गाँउमै ११ औं वार्षिकोत्सव मनाएको छ ।

गाँउको अर्थतन्त्रलाई कृषि उत्पादनको मार्फत चलायनमान गराइरहेको पैचोले गुल्मीको रुरुक्षेत्र–४ स्थित बलेटक्सारमा केन्द्रीय कार्यलयमा कृषकसंगै वार्षिकोत्सव गरेको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले मानव सभ्यताको बिकासको लागि कृषि उत्पादन अपरिहार्य रहेको बताए । उनले भने ‘ विश्वमा जुन सुकै प्रविधी भएपनि मानिस बाच्नको लागि कृषि मै निर्भर हुनुपर्छ । कृषि सम्मानित पेशाको रुपमा विकास गर्न सकेमात्र देशले समृद्धि हासिल गर्न छ ।’ उनले भने ‘पछिल्लो समय अनुदान लिनेले काम नगर्ने तर जो व्यक्ति रातदिन काम गरिरहेको हुन्छ त्यसले अनुदान नपाउने समस्याको कारण कृषि क्षेत्र फस्टाउन सकिरहेको छैन ।’

यस्तै छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले कृषि क्षेत्रमा लगातमा अनुदान दिए मात्र कृषि क्षेत्र बिस्तार हुने बताइन । उनले आफ्नो पालिकाले २८ वटा कृषि उपजलाई उत्पादनको आधारमा अनुदान दिइएको भन्दै कृषि क्षेत्रको बिकासको लागि सबैको प्रयास आवश्यक रहेको बताए । उनले नेपालको पहाडी क्षेत्र फलफूल र कृषिको लागि अर्गानिक गन्तव्य बनाउनु पर्नेमा जोड दिइन ।

यस्तै, अर्घाखाँचीको छत्रदेव गाँउपालिकाकी उपाध्यक्ष मनी पन्थीले कृषि कर्म गर्नेलाई अगाडी बढाए मात्र देश समृद्धि हुने बताइन । उनले पछिल्लो समय युवा पुस्ता देश बाहिर जाँदा घरमा रहेका महिलाले कृषि गरेर राम्रो आम्दानी गरिरहेको बताइन ।

पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालमा कृषिमा सम्भावना छ भनेर पैचोले प्रमाणित गरेको बताए । गुल्मी जस्तो पहाडी भूभागमा ११ वर्ष अघि कम्पनी स्थापना गरेर काम गर्न चुनौती देखिएपनि अहिले गाँउमा जोडिएको सडक सञ्जालले सहज हुँदै गएको बताए । उनले भने कृषिमा काम गर्नेलाई प्रोत्साहन गर्न नीति बने बिदेशमा रहेको युवा जनशक्ति नेपाल फर्किने वातावरण बन्ने बताए ।

पैचो पसलका प्रबन्ध निर्देशक धुव्रराज न्यौपानेले पैचोले कृषिमा गरेको लगानीले समाज परिवर्तनको लागि नयाँ आयामको थपिएको उल्लेख गरे । गाँउमा कम्पनी स्थापनाले रोजगारी सृजनाको साथै अर्थतन्त्रमा समेत ठुलो योगदान दिइरहेको बताए । लगानीको हिसाबमा कृषिमा चुनौती रहेपछि अर्थतन्त्र चलायामानको लागि ठुलो सहयोग गर्ने बताए । अबका दिनमा किसानसँग जोडिएर काम गर्न लगानी र प्रविधि विस्तारमा पैचोले काम गरिरहेको उनको भनाई थियो ।

वार्षिकोत्सवको अवसरमा पैचोले उत्कृष्ट किसान समुहको रुपमा सैयापोखरी किसान समुह, ढाव किसान समुह, जिमी किसान समुह , अस्लेवा किसान समुह, मुसिडाँडा कृषक समुहलाई सम्मान गरेको थियो । यस्तै सर्वोत्कृष्ट कृषकको रुपमा इमान सिंह राना सम्मानित भएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : ४० बजे

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी