१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए



भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ ।

यसअघि यहाँ एक लाख २३ हजार ३७९ जना मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो । निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता रहेका छन् ।

स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार ८९६, अरुण गाउँपालिकामा १२ हजार ६४३, आमचोक गाउँपालिकामा १२ हजार ४४४, पौवादुङमा गाउँपालिकामा १० हजार ६६३ जना मतदाता कायम छन् ।

त्यसैगरी टेम्केमैयुङ गाउँपालिकामा १३ हजार ५५७, रामप्रसादराई गाउँपालिकामा ११ हजार ९००, साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७२४ र हतुवागढी गाउँपालिकामा १३ हजार ७५० मतदाता छन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  १० : ०४ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको