काठमाडौं । केन्द्रीय कार्यसम्पादन समति बैठकअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकपक्षीय रुपमा विशेष महाधिवेशनको तयारीमा अघि बढेपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आजदिउँसो ३ बजे बस्नेछ । त्यसअघि सभापति देउवाले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित आफ्नो निवासमा बोलाएका हुन् ।
महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि आफ्नो तर्फबाट रणनीति बनाउन देउवाले शीर्ष नेताहरुसँग छलफल परामर्श सुरु गरेका हुन् । महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवशेनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनमा अघि बढ्न हिजो आह्वान गरेका थिए । पुष २७ गते विशेष महाधिवेशनका लागि उनीहरुले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शन हललाई बुकिङ समेत गरेका छन् भने प्रतिवेदन लेख्न भन्दै महामन्त्री थापा धुलिखेल गएका थिए ।
कार्यसम्पादन समितिको बैठकअघि थापाले समेत काठमाडौं फर्केर आफु निकट नेताहरुसँग छलफल गर्दैछन् ।


















प्रतिक्रिया