२२ भदौ २०८३, सोमबार | September 7, 2026

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु



महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ ।
रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।
आज बिहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप पालले मार्च शुभारम्भ गरे । सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्यका साथ उक्त झण्डा मार्च थालिएको हो ।
सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा र विपद् व्यवस्थापनमा पु¥याउँदै आएको योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनभित्रको समन्वय, टोलीको भावना सुदृढ गर्ने, सीमा क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क अभिवृद्धि गर्न सशस्त्र प्रहरीले मार्चपास आयोजना गरेको जनाएको छ ।
त्यस अवसरमा सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले सशस्त्र प्रहरीले स्थापनाकालदेखि नै देश र देशवासीको सुरक्षा तथा हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै बताए। “सङ्क्रमणकालदेखि हालसम्म देखिएका विभिन्न सुरक्षा चुनौतीहरूलाई राज्यले दिएको कार्यदेशअनुसार सामना गर्दै आएको छ”, उनले भन्नुभयो, “सशस्त्र प्रहरी बल सक्षम र भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित हुँदै गएको छ ।”
पश्चिमबाट सुरु भएको मार्च आगामी मङ्गलबार कैलाली त्यसपछि सुदूरपश्चिम सशस्त्र प्रहरी बलले शुक्रबार बर्दियालाई हस्तान्तरण गर्नेछ । बाहिनीपति पालले सीमाक्षेत्र हुँदै ३५ जनाको टोली पैदल मार्चमा सहभागी भएको छ । मार्चको १९औँ दिनमा पश्चिमी नाका गड्डाचौकी र पूर्वको झापाबाट आएको सशस्त्र प्रहरी बल नेपालको टोलीबीच नवलपुरमा भेट हुने जनाएको छ । मार्च शुभारम्भमा भीमदत्त नगरपालिकाका नगरप्रमुख निलम लेखक र जिल्ला सुरक्षा समितिका पदाधीकारीहरुकोसमेत सहभागिता थियो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १२ : ०६ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा