२३ पुस २०८२, बुधबार | January 7, 2026

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह



बेलायत । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । ‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए । समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा ४४-७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : १४ बजे

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै

गगन-विश्वले बोलाएको विशेष महाधिवेशनमा सहभागी नहुन कांग्रेस संस्थापनको अपील

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा

कांग्रेस महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको आह्वान

काठमाडौं । अन्ततः नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश

आचारसंहितामा नयाँ बुँदा थपियो, अनलाइन सञ्चार माध्यमका लागि यस्तो छ आचारसंहिता

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप

सामाजिक सञ्जालमा अमर्यादित सामग्री पोष्ट गर्ने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा

काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर