२४ पुस २०८२, बिहिबार | January 8, 2026

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी



बुटवल । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उक्त अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् रु ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए ।

उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ३५ बजे

आज अपरान्ह ४ बजे कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौँ । काठमाडौं । महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन र त्यसमा

राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डताको पूर्ण सम्मान गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै नेपाल सरकारले आफ्नो

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

नेपालगन्ज । द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा

रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय

प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा