५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कारको ठक्कर, उपचारका क्रममा मृत्यु



बुटवल । बुटवलको रामनगरमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । आज साँझ अन्दाजी ४:१० बजेको समयमा बुटवलको रामनगरमा कारले ठक्कर दिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत ट्राफिक प्रहरीका सहायक हवल्दार नागेश्वर पालको मृत्यु भएको हो ।

ड्युटीमा रहेका पालललाई बुटवल तर्फ आउँदै गरेको बाग्मती प्रदेश १-०३३-च००७७ नम्बरको टोयटा कारले ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भएका पालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षिय दीपेन्द्रसिंह थापा लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ५२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं