७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बुटवलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कारको ठक्कर, उपचारका क्रममा मृत्यु



बुटवल । बुटवलको रामनगरमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । आज साँझ अन्दाजी ४:१० बजेको समयमा बुटवलको रामनगरमा कारले ठक्कर दिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत ट्राफिक प्रहरीका सहायक हवल्दार नागेश्वर पालको मृत्यु भएको हो ।

ड्युटीमा रहेका पालललाई बुटवल तर्फ आउँदै गरेको बाग्मती प्रदेश १-०३३-च००७७ नम्बरको टोयटा कारले ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भएका पालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षिय दीपेन्द्रसिंह थापा लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ५२ बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले