२५ पुस २०८२, शुक्रबार | January 10, 2026

चितवनमा निर्वाचनको तयारी तीव्र



चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ५६ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसको तयारीमा कार्यालय लागेको हो ।

यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका-१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठले जानकारी दिए ।

“अहिले निर्वाचनको तयारी अघि बढाइरहेका छौँ । सुरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले सोका लागि काम भइरहेको छ”, सूचना अधिकारी श्रेष्ठले भने । क्षेत्र नं १ का लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं ३ का लागि रामपुरस्थित सिँचाइ कार्यालयमा स्थापना गरिने उनले बताए ।

निर्वाचन आयोगले क्षेत्र नं २ का लागि मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेललाई नियुक्त गरिएको जनाउँदै उनले क्षेत्र नं १ मा सर्वोच्च अदालतका विकासकुमार रजक र क्षेत्र नं ३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौलालाई नियुक्त गरिएको बताए ।

चितवनमा यसपटक कुल मतदाता चार लाख ४२ हजार ८२ जना रहेका छन् । गत भदौमा भएको जेनजी प्रदर्शनपछि २० हजार ६९० जना मतदाता थपिएका निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : ३० बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा