२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवलमा माघ १ गते ‘रम्मिता को पिरती’ सांगीतिक कार्यक्रम आयोजना हुँदै



बुटवल । प्रेम, संगीत र प्रत्यक्ष सांगीतिक प्रस्तुतीको भव्य उत्सवका रूपमा ‘रम्मिता को पिरती’ म्युजिकल इभेन्ट टुर बुटवलमा आयोजना हुने भएको छ । माघ १ गते बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिआइसीसीमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

इभेन्ट इन बुटवल र माकाडक्स इभेन्टको आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा समिर श्रेष्ठ फिचरिङ गुडबोइज, द हुलाकी, कुशल पोखरेल, महेश काफ्ले, आना शर्मा र धिराज मगरले प्रत्यक्ष प्रस्तुति दिनेछन् । साथै कार्यक्रममा एक विशेष ‘सरप्राइज आर्टिस्ट’ को समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । ‘रम्मिता को पिरती’ फिल्मको सांगीतिक टुर अन्तर्गत यो कार्यक्रम बुटवलबाट सुरु हुन लागेको हो ।

इभेन्ट इन बुटवलका सञ्चालक अतीत थापाका अनुसार प्रेम र सांगीतिक भावनालाई केन्द्रमा राखेर तयार गरिएको यो कार्यक्रम युवापुस्ताका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

माकाडक्स इभेन्टका प्रतिनिधि सन्देश केसीले कार्यक्रममा करिब ३५ जना कलाकार तथा प्राविधिकको सहभागिता रहने जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ र दर्शकलाई गुणस्तरीय लाइभ म्युजिक अनुभव गराउने लक्ष्य लिइएको छ ।

दर्शकका लागि ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने टिकट ई-सेवामार्फत सहज रूपमा लिन सकिने व्यवस्था गरिएको छ । अपराह्न ३ बजेदेखि गेट खुल्ने थापाले जानकारी दिए । साथै, टिकट खरिद गर्ने दर्शकले फ्रेन्स सिनेमा ‘रम्मिता को पिरती’ फिल्म निशुल्क हेर्ने अवसर समेत पाउने आयोजकले जनाएको छ ।

थापाका अनुसार बुटवलकै उत्कृष्ट साउण्ड मानिएको ट्रु साउण्डको साउण्ड सिष्टम प्रयोग गरिने कार्यक्रमको होस्ट राजेश सिन्जालीले गर्नेछन । हालसम्म करिब १ हजार टिकट बिक्री भइसकेको र थप १ हजार टिकट बिक्री गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ५१ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार