२१ बैशाख २०८३, सोमबार | May 4, 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले रास्वपामाथि एकतर्फी एकता भंगको आरोप लगाए



काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा पार्टी एकता भंग गरेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा घिसिङले आफू र पार्टीका लागि एकतापछि बितेका १२ दिन अत्यन्त पीडादायी भएको बताउँदै रास्वपाले सहमति भंग गरेको आरोप लगाएका हुन् । उनले भने, “रास्वपाले हाम्रो सहमति कार्यान्वयन नगरी १२ दिनसम्म हाम्रो अभियानलाई ब्लक गरेर ठूलो क्षति पुर्‍याएको छ । हामी अत्यन्त लचक भएर त्याग गरेका पनि यसलाई कमजोरीको रुपमा लिए ।”

घिसिङले आफ्नो भावनामा मर्माहत रहेको भन्दै थपे, “यो समय निकै अप्ठ्यारो थियो । अगाडि बढ्ने प्रयास गर्दा उनीहरूले रोक्थे, पछाडि फर्किन खोज्दा पनि सम्भव थिएन। हामीलाई १२ दिन अत्यन्त कठिन परिस्थितिमा बित्न बाध्य बनाइएको थियो ।”

उनले जनताको भावनालाई कदर गर्न सहमतिमा पुगेको भए पनि सहमति कार्यान्वयन नभएको र एकतर्फी निर्णयपछि उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफैं तय गर्ने निर्णय गरेको बताए । घिसिङले पार्टीले आगामी निर्वाचनमा १६५ सिटमै उम्मेदवार उठाउने र छोटो समय भए तापनि निर्वाचन अभियान अघि बढाउने जानकारी दिए ।

उज्यालो नेपाल पार्टीले आजदेखि औपचारिक रूपमा कुलमान घिसिङलाई अध्यक्षमा नियुक्त गरेको छ । यस निर्णयसँगै पार्टीले आफ्नै रणनीति र चुनावी अभियान अगाडि बढाउने योजना बनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ३९ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,