११ कार्तिक २०८३, बुधबार | October 28, 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले रास्वपामाथि एकतर्फी एकता भंगको आरोप लगाए



काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा पार्टी एकता भंग गरेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा घिसिङले आफू र पार्टीका लागि एकतापछि बितेका १२ दिन अत्यन्त पीडादायी भएको बताउँदै रास्वपाले सहमति भंग गरेको आरोप लगाएका हुन् । उनले भने, “रास्वपाले हाम्रो सहमति कार्यान्वयन नगरी १२ दिनसम्म हाम्रो अभियानलाई ब्लक गरेर ठूलो क्षति पुर्‍याएको छ । हामी अत्यन्त लचक भएर त्याग गरेका पनि यसलाई कमजोरीको रुपमा लिए ।”

घिसिङले आफ्नो भावनामा मर्माहत रहेको भन्दै थपे, “यो समय निकै अप्ठ्यारो थियो । अगाडि बढ्ने प्रयास गर्दा उनीहरूले रोक्थे, पछाडि फर्किन खोज्दा पनि सम्भव थिएन। हामीलाई १२ दिन अत्यन्त कठिन परिस्थितिमा बित्न बाध्य बनाइएको थियो ।”

उनले जनताको भावनालाई कदर गर्न सहमतिमा पुगेको भए पनि सहमति कार्यान्वयन नभएको र एकतर्फी निर्णयपछि उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफैं तय गर्ने निर्णय गरेको बताए । घिसिङले पार्टीले आगामी निर्वाचनमा १६५ सिटमै उम्मेदवार उठाउने र छोटो समय भए तापनि निर्वाचन अभियान अघि बढाउने जानकारी दिए ।

उज्यालो नेपाल पार्टीले आजदेखि औपचारिक रूपमा कुलमान घिसिङलाई अध्यक्षमा नियुक्त गरेको छ । यस निर्णयसँगै पार्टीले आफ्नै रणनीति र चुनावी अभियान अगाडि बढाउने योजना बनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ३९ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय