१० भदौ २०८३, बुधबार | August 26, 2026

कुलमान अध्यक्ष बन्दा उज्यालो नेपाल पार्टीमा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे



काठमाडौं । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० जना केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रहेकाले राजनीतिक विवाद थप गहिरिएको छ ।

शनिबार उज्यालो नेपाल पार्टी र रास्वपा बीच भएको एकता भंग भएपछि डा. जोशी समूह रास्वपामै रहेकाले पार्टी भित्र विभाजन देखिएको छ । डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक र दोस्रो वरीयताका नेताका रूपमा परिचित थिए ।

यस घटनापछि कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् । तर पार्टीका केही केन्द्रीय सदस्यहरू रास्वपामा बसेको कारण पार्टी भित्र एकताको कार्यान्वयनमा चुनौती देखिएको छ ।

उज्यालो नेपाल पार्टीले हालसम्म ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइसकेको छ । यसमा २० केन्द्रीय सदस्यहरू भने पूर्व सहमति अनुसार रास्वपामा रहने देखिन्छ, जसले पार्टी भित्र रणनीतिक र संगठनात्मक विभाजन उत्पन्न गरेको छ ।

यो घटनाले आगामी निर्वाचन र दुवै पार्टीको राजनीतिक तालमेलमा प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ०२ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक